दीपिकालाई पाउन रमेश र प्रशान्तबीच भिडन्त, हेर्नुहोस् ‘ऐश्वर्य’को ट्रेलर (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा समावेश ‘तिमी रोएको पल’ बोलको गीत यसअघि चर्चित बनिसकेको थियो । हालै सार्वजनिक ट्रेलरमा नव-नायिका दीपिका प्रसाईँलाई पाउन नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकार बीचको टक्कर देखाईएको छ ।

यो चलचित्र कार्तिक ९ गते रिलीज हुँदैछ । दीवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रका नायक तथा निर्माता रमेश उप्रेतीले आफु निर्माताको रुपमा प्रमाणित हुन पनि ‘ऐश्वर्य’ चल्न आवश्यक रहेको बताए ।

सुदीप बरालले खिचेको यो चलचित्रमा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मको कथा निर्देशक भट्टराई आँफैले लेखेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu