शिवको गीतमा परदेशीको पीडा (भिडियो)



काठमाण्डौ। नेपाली संगीतका भर्सटाइल गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको ‘बर्षौं भो छोडेको’ बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो ।

मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको ‘नभेटी नभेटी’को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ ।

ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रंगमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई नेपाली दुरसञ्चार कम्पनी एनसेलले निर्माण गरेको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu