बलिउड गायक अंकित तिवारीलाई ‘रोमियो’को सपोर्ट



काठमाण्डौ। बलिउडका चर्चित पार्श्व गायक अंकित तिवारीले आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका क्रममा उनि २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ । अंकितले एक भिडियो सन्देश मार्फत आफू आफ्नो नयाँ म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् ।

यो कार्यक्रममा नेपाली चलचित्र ‘रोमियो’ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा ‘रोमियो’को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र ‘रोमियो’का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । हसनले भने-‘अंकितको कन्सर्टमा हामी पनि जोडिएका छौ । दर्शकले हाम्रो प्रस्तुतीलाइ पनि मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छौ ।’

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu