काठमाण्डौ। पचास वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा र पुरानो सँस्कृति झल्काउने चलचित्रको ‘पञ्चायत’को गीत रिलीज गरिएको छ । ‘छोरीको कर्म’ बोलको गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।
गीतमा नायिका नीता ढुंगानालाई छाउपडीमा बसेको अवस्थामा देखाईएको छ । गीतले छोरी भएर जन्मेपछि भोग्नुपरेका दु:ख पीडालाई झल्काएको छ । ‘पञ्चायत’ फागुन १७ गते बाट प्रदर्शनमा आउँदै छ । यस फिल्ममा सरोज खनाल र नीता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

ग्रामिण कथा र पुरानो सँस्कृति झल्काउने चलचित्र ‘पञ्चायत’को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।
टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
गीत हेर्नुहोस्:






