अर्को फुलपातीमा ‘छक्का पन्जा ३’ आउने



काठमाण्डौ। ‘छक्का पन्जा २’ बाट पनि सफलता हात परेपछि अब चलचित्र ‘छक्का पन्जा ३’ बन्ने भएको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् ।

‘छक्का पन्जा ३’ अर्को वर्षको फूलपातीमा प्रदर्शन हुने बताईएको छ । यो चलचित्रलाई पनि दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । मह जोडीले निर्माण गर्न लागेको फिल्म ‘शत्रुगते’को छायांकन पश्चात यो चलचित्रको काम शुरु हुनेछ ।

दीपकराज गिरीले ‘छक्का पन्जा ३’ मा ‘६ एकान ६’ देखि ‘छक्का पन्जा २’ सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने पनि बताएका छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे लगायतका कलाकारहरु यो फिल्ममा दोहोरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu