‘ऐश्वर्य’को पोस्टरमा केकी, कस्तो छ उनको भूमिका ?



काठमाण्डौ। कार्तिक ९ मा रिलिज हुने चलचित्र ‘ऐश्वर्य’ले केकी अधिकारीलाई पनि प्रचारमा अगाडी ल्याएको छ । ट्रेलरमा मात्र देखिएकी केकी अब भने पोष्टरमा पनि देखिएकी छन् ।

सार्वजनिक दुई नयाँ पोस्टरमा केकीलाई स्थान दिईएको छ । केकीलाई अभिनेता रमेश उप्रेतीसँग प्रस्तुत गरिएको छ । दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने फिल्म भित्र उनि दमदार भूमिकामा रहेको बताईएको छ ।

यो चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईँ, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योञ्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । लामो समयको अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै चलचित्र मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

निर्मल शर्मा सह-निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । चलचित्रमा सुदीप बरालको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu