बुसानमा ‘गुडबाई काठमाडौं’ प्रिमियर हुँदै



चलचित्र ‘गुडबाई काठमाडौं’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको चलचित्रले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ । यो चलचित्र दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ ।

बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । सो अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन् । ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाईल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्महरु सहभागी रहेका छन् । प्रतिस्पर्धामा विजेता बन्ने चलचित्रले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ ।

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बााचेका तीन युवाको कथामा आधारित रहेको छ । फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आˆना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ ।

बुसानमा आउँदो शुक्रबार फिल्मको वर्ल्ड प्रिमियर हुँदैछ । निर्देशक नबिन सुब्बा बिहीबार फिल्मको कोरिया उडेका छन् । उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।

चलचित्रमा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङगजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । चलचित्रमा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu