काठमाण्डौ। छठ पर्व देखि झन्डै एक सय हलमा रिलिज भएको नेपाली चलचित्र ‘ऐश्वर्य’ले सुरुवाती व्यापार गज्जबको गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको चलचित्रलाई दर्शकले रुचाएका छन् ।
विहिबार नै प्रदर्शनमा आएको चलचित्रलाई बिहानी शो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो भने त्यसपछीको शो मल्टिप्लेक्सका हल क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौँडा र पुर्वका स्टेसनमा हाउसफुल भएको बताईएको छ ।
प्राप्त जानकारी अनुसार उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५७५ रुपैया गरी चलचित्रले पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ ।
रिलीजसँगै राजधनीमा आयोजित प्रेस शो मा चलचित्रलाई अधिकांसले रुचाएका छन् । प्रेस शो मार्फत फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले सबैको बधाई पाए । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् ।