‘कान्छी’को गीतमा यसरी नाचे दया र श्वेता (भिडियो)



काठमाण्डौ। दयाहाङ राई र श्वेता खड्का अभिनीत नेपाली चलचित्र ‘कान्छी’को गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै लोक लयको ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज शिवाकोटीको शब्द, स्वर तथा संगीत सुन्न सकिन्छ भने राजनलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् ।

भिडियोमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरु देखिएका छन् । यस गीतमा अभिनेता राईले श्वेतासँग नृत्य गरेका छन् । गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् । आकाश अधिकारी निर्देशित ‘कान्छी’ माघ २६ गते रिलीज हुँदैछ ।

चलचित्रलाई श्वेता आँफैले निर्माण गरेकी हुन् । श्वेताले चलचित्रमा ‘कान्छी’को भूमिका निर्वाह गरेकी छिन् । पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu