काठमाण्डौ। माघ २६ गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कान्छी’मा समावेश ‘चरी चट्ट परी’ बोलको गीतले तीन दिनमा दश भ्यूज प्राप्त गर्दै शोसल मिडियाको भिडियो प्लाटफर्म ‘यूट्युब’ नेपाल सँस्करणको शिर्ष स्थानमा रहन सफल भएको छ ।
यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईको नृत्य छ ।
आकाश अधिकारी निर्देशित ‘कान्छी’मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने दयाहाङसँगै बरिष्ठ कलाकार नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी, भूमिका श्रेष्ठ र आशान्त शर्मा लगायतको अभिनय रहेको छ ।
पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, शम्भुजित बाास्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।
भिडियो: