नव-नायिका तथा चर्चित मोडल अदिती बुढाथोकीले स्टार नायक अनमोल केसीसँग चलचित्र ‘कृ’बाट नेपाली रजतपटमा पाईला राख्दै छिन् ।

उनको सुन्दरताको चर्चा नेपालमा मात्र होइन, भारतमा पनि हुने गरेको छ । हालै मात्र भारतको एक अनलाइन पत्रिकाले अदितीलाई बलीउडकी सनि लियोनलाई मात दिन सक्ने हिरोइनको रुपमा चित्रित गरेको छ ।

उक्त अनलाइनले लेखेको छ, ‘बलीउडमा हटनेस र बोल्डनेसको कमी छैन । सनी लियोनी जस्ती बोल्ड नायिकालाई समेत मात दिँदैछिन् यि नेपाली हिरोइनले’ ।

अदितिका फोटोहरुले इन्स्टग्राममा तहल्का मच्चाईरहेका छन् । अदितीका आकर्षक फोटोकै कारण दिनहुँ उनका फलोअर बढ्दो क्रममा छन् ।

अदितिलाई संगीतको सौख छ । अदितिले सोशल मीडियामा बलीवुडका दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनसहित केहि कलाकारलाई फलो गरेकी छिन् ।

उनका फोटोले धेरैको मन जितेका छन् । अदितिले इन्स्टाग्राममा केहि बिकनी फोटो समेत शेयर गरेकी छिन् ।







