डिसेम्बर १ मा रिलीज हुने भनिएको सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित बलीउड चलचित्र ‘पद्मावती’ रिलिजको अन्तिम समयमा आएर समस्यामा फसेको छ । भारतको सत्तारुढ राजनीतिक दल भारतीय जनता पार्टीले गुजरातमा विधानसभा चुनाव सम्पन्न नभएसम्म रिलिज नगर्न माग गरेको छ ।
त्यस्तै, यो चलचित्रले ‘इतिहासमाथि खेलवाड’ गरेको भन्दै रिलीज नै गर्न नदिने समेत बताईएको छ । इतिहासको गलत व्याख्याका कारण क्षेत्रीय र राजपूत समुदायको भावनामाथि घात हुने भएकोले तत्कालका लागि प्रदर्शन गर्न नहुने बताएको छ ।
‘रानी पद्मावती’ले कहिल्यै अलाउद्दीन खिलजीसँग भेट गरेकी थिइनन् । उनले भने, ‘फिल्ममा इतिहासलाई गलत ढंगबाट प्रस्तुत गरिएका कारण यो फिल्म तत्कालका लागि समस्यका रुपमा देखिन सक्छ । त्यसैले यसलाई विधानसभा चुनाव सम्पन्न नभएसम्म रोक्नु आवश्यक छ’, भाजपाले बताएको छ ।
यो चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपूर लगायतका कलाकारहरुको अभिनय रहेको छ । शाहिदले फिल्ममा दीपिकाको श्रीमानको भूमिका निर्वाह गरेका छन् ।
यसअघि चलचित्र ‘बाजिराव मस्तानी’ले पनि इतिहासलाई बंगाएको भन्दै रिलीजको समयमा समस्या झेल्नुपरेको थियो ।