काठमाण्डौ। नाजीर हुसैन र केकी अधिकारी स्टारर नेपाली चलचित्र ‘रज्जा रानी’को गीत सार्वजनिक भएको छ । दीपक शर्माद्वारा संगीतबद्ध चिपक-चिपक बोलको गीतमा नाजिर र केकी रोमान्टीक मूडमा देखिएका छन् । राजेन्द्र थापाले लेखेको गीतमा नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ ।
पुष २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा रमेश एमके पौडेलले निर्माण गरेका हुन् । यम थापा निर्देशित प्रेमकथामा आधारित यस चलचित्रमा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा चलचित्र निर्देशन गरेका छन् । नेपालगञ्ज जन्मथलो भएकाले पनि उनलाई चलचित्रको चरित्र चित्रणमा सजिलो हुने आशा छ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
भिडियो: