प्रदीप खड्कासँग साम्राज्ञीको जोडी बाँधीने चर्चा



काठमाण्डौ। चलचित्र बजारमा यतिबेला नायक प्रदीप खड्कासँग नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी बाँधीने चर्चा चलेको छ ।

माघ २६ मा रिलीज हुने चलचित्र ‘कृ’का निर्माता सुबास गिरीको नयाँ चलचित्र ‘भैरबी’मा यि दुई खेल्ने चर्चा बजारमा छ । यसबारेमा न त निर्माता बोलेका छन् न त प्रदीप र साम्राज्ञी नै बोलेका छन् । यद्यपी जानकारी प्राप्त भएअनुसार प्रदीप भने भैरबीको लागि अनुबन्धित भइसकेका छन् ।

चर्चा चले अनुसार यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन २०७५ को सुरुवातमा सुरु हुनेछ ।

यसअघि ए मेरो हजुर २चलचित्रमा अभिनय गरेकी साम्राज्ञीको अर्को चलचित्र तिमी सँग रिलिजको क्रममा छ । त्यस्तै उनले आर्यन सिग्देलको नयाँ चलचित्रमा पनि आर्यनको जोडी बनेर अभिनय गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu