साम्राज्ञीको अर्को चलचित्र चैत्र २३ मा रिलीज हुने



काठमाण्डौ। नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित तेस्रो चलचित्र ‘तिमी सँग’ चैत २३ मा रिलीज हुने भएको छ । शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्र उक्त मितिबाट देशभर प्रदर्शनमा आउने छ ।

नेपाली चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका रहेको छ ।

यो चलचित्रले सांगीतिक प्रेम कथा पस्कने बताईएको छ । अन्नपुर्ण बेश क्याम्पसँगै काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक लगायतका रमणिय स्थानमा यो चलचित्र छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu