रविनाले खोलिन् अक्षयको बारेमा यस्तो रहस्य



अक्षय कुमारलाई खिलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।

अक्षय कुमार र रविना टण्डनको भेट सन् १९९४ मा आएको फिल्म ‘मोहरा’ मा भएको थियो । त्यसपछि सुरु भएको उनीहरुको प्रेम कहानी चर्चामा रह्यो । रविनाले एक अन्तार्वामा भनेकी थिइन्,‘अक्षय र मैले एक मन्दिरमा सुटुक्क इन्जेगमेन्ट गरेका थियौ ।’

तर, रविनासँग सुटक्क इन्गेजमेन्ट गरेका अक्षयले अरु दुई युवतीसँग पनि इन्गेजमेन्ट गरेको रहस्य बाहिर आएको थियो । यो रहस्य बाहिर ल्याउने पनि रविना टण्डन नै थिइन् । फिल्म ‘कपुत’सम्म उनीहरुको सम्बन्ध रह्यो ।

तर, त्यसपश्चात अक्षयले ठुलो फैसला लिँदै ट्विंकल खन्नासँग विवाह गरे भने रविनाले फिल्म डिस्ट्रिव्यटर अनिल थडानीसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu