केकी अधिकारी र नाजिर हुसेन अभिनित चलचित्र ‘राज्जा रानी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट सबै पक्षलाई समावेश गरिएको छ ।
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको समेत अभिनय छ । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
भिडियो :






