बलिउडका चर्चित अभिनेता शशि कपूरको निधन भएको छ । ७९ वर्षिय शशि कपूरको सोमवार दिउँसो निधन भएर भारतीय मिडियाले बताएका छन् । शशि कपूर २०११ मा भारत सरकार द्वारा ‘पद्म भूषण’ अवार्डबाट पनि सम्मानित भएका थिए ।
उनले १९६१ मा ‘धर्मपुत्र’बाट लिड हिरोको रुपमा चलचित्रमा पाइला राखेका हुन् । आफ्नो फिल्मी करिअरमा शशि कपूरले ११६ भन्दा बढी चलचित्रमा काम गरे, जसमध्ये ६१ चलचित्रमा उनले मुख्य भूमिका निर्वाहा गरेका छन् ।
६० र ७० दशकका चकलेटी हिरो शशिको जन्म १८ मार्च १९३८ मा भएको थियो । उनले दीवार , शर्मीली, वक्त, जुनून, सुहाग, हसीना मान जाएगी, चोर मचाए शोर जस्ता दर्जनौं हिट चलचित्र दिएका छन् ।