चलचित्र ‘हुर्रे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ठेकीमा दही’ बोलको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीले आफूभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छिन् ।
पछिल्लो पटक सार्वजनिक चलचित्र ‘हुर्रे’को गीतमा केकी र राजारामसँगै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको ‘हुर्रे’लाई चन्दन दत्तले सम्पादन गरेका छन् ।
अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्रलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।
भिडियो :