फुटबल टीमको ‘क्याप्टेन’ बन्दै अनमोल



काठमाण्डौ। माघ २६ मा रिलीज हुने बहुप्रतिक्षित चलचित्र ‘कृ’मा व्यस्त नायक अनमोल केसी अब फुटबल टीमको ‘क्याप्टेन’ बन्ने भएका छन् ।

उनि आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिनेछन्् । होम प्रोडक्शनमा बन्ने यो चलचित्र आइतबार चलचित्र विकास बोर्डमा दर्ता गराइएको छ ।

चलचित्रलाई ‘ऐश्वर्य’ फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । अर्को बर्षको तीजमा रिलीज हुने यो चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ ।

काजल फिल्मस् बाट निर्माण हुने यो चलचित्रको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् । ‘क्याप्टेन’मा अनमोलको अपोजिटका लागि नायिका भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu