बुद्दीको अँगालोमा सुरक्षा र बर्षा



यतिबेला नेपाली चलचित्र ‘भैरे’ छायांकनको क्रममा छ । उपल्लो मुस्ताङ्गको छायांकन पुरा गरी ‘भैरे’ यूनिट यतिबेला जोमसोममा रहेको छ ।

जोमसोमको छायांकन पछि लमजुङ्ग, धादिंग हुँदै यूनिट काठमाण्डौ पुग्ने निर्देशक एभरेष्ट सुर्य बोहराले बताएका छन् । मुस्तांगबाट चलचित्रकी नायिका सुरक्षा पन्तले केहि तस्वीरहरु फेसबुकमा पोस्ट गरेकी छिन् ।

सुरक्षाले पोस्ट गरेको एक फोटोमा सुरक्षा र बर्षा सिवाकोटीको बीचमा कलाकार बुद्दि तामाङ्ग देखिएका छन् । तस्वीरमा बुद्दीले दुई नायिकालाई अँगालेका छन् । यो तस्वीर चलचित्र भित्रको दृश्य भने होइन् । उक्त तस्वीर लगायत सुरक्षाले अन्य केहि तस्वीरहरु पनि सार्वजनिक गरेकी छन् ।

यो चलचित्रको करिव ४० दिन छायांकन हुनेछ । नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बनिरहेको ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गरिरहेको यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu