राम्रो फिल्म बन्नमा ५० प्रतिशत हात पटकथाको हुन्छ : अन्जुम



बलिउड फिल्मका चर्चित लेखक अन्जुम राजाबली काठमाडौं आएका छन् । दुईदिने पटकथा लेखन सम्बन्धि प्रशिक्षणका लागि उनि बुधबार नेपाल आएका हुन् । कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आएका राजाबलीले प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुईदिन पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन् ।

बुधवार पत्रकारसँग भेटघाट गर्दै लेखक अन्जुमले स्क्रिप्ट राइटिङ फिल्मको मेरुदण्ड रहेको बताए । उनले भने, ‘जोकमा पनि पटकथाको संरचना हुन्छ ।’

‘भारत संसारकै सबैभन्दा बढी फिल्म निर्माण गर्ने उद्योग हो । हलिउडमा ७ सयको हाराहारीमा फिल्म निर्माण हुन्छन् तर भारतमा १२ सय ५० फिल्म वर्षेनी निर्माण हुन्छन् ।तर, कतिवटा भारतीय फिल्म हेर्न लायक हुन्छन् ? कतिले राम्रो व्यापार गर्छन् ? यी सबै फिल्म असफल भएका होइनन् पटकथा असफल भएका हुन् ।’, उनले भने ।

राजाबलीले राम्रो फिल्म बन्नमा ५० प्रतिशत हात पटकथाको रहने बताए । २० वर्षदेखि बलिउड फिल्ममा पटकथा लेखकको रुपमा सक्रिय राजाबलीले गोविन्द निहलानी निर्देशित फिल्म ‘द्रोहकाल’बाट सहायक लेखकको रुपमा लेखन थालेका थिए ।

उनले प्रकाश झा निर्देशित’राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता फिल्ममा पटकथा लेखन गरेका छन् ।

राजाबली सुभाष घईको फिल्म स्कुल ‘ह्विसलिङ वुड्स’सँगै ‘पुना फिल्म कलेज’मा पनि पटकथा लेखन पढाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu