काठमाण्डौ। विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर नेपाली चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘स्यान्डवीच मी’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीत इन्टरनेटमा समेत रिलीज भएको छ ।
अमेरिकामा छायांकन गरिएको गीतमा अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको छ भने बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् । यस गीतको भिडियोमा विनयले केहि विकिनी यूवतीहरुसँग नृत्य गरेका छन् ।
कार्यक्रममा पनि विनय दुई विकीनी युवतीसँग देखिएका थिए । प्रताप सिंहको कोरियोग्राफी रहेको भिडियोलाई उज्वल सिंहले खिचेका हुन् । चलचित्रमा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ ।
नरेश कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । निर्माता समेत रहेका नायक विनयले फिल्मको एक गीतमा स्वर पनि दिएका छन् ।
‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
गीत: