चितवनमा सुशील र रुबिनाको ‘लभ डायरिज’



नायक सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’को यतिबेला चितवनको सौराहामा धमाधम छायांकन भइरहेको छ । ६० देखि ७० प्रतिशत छायांकन चितवनमा हुने यो चलचित्रमा सुशीलका अलावा रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरिरहेका छन् । उनी भन्छन्, ‘युवा-युवती बीचको माया-प्रेम र कमेडीलार्इ फिल्ममा समावेश गरेका छौं । फिल्म मनोरञ्जनात्मक मात्र छैन सन्देशमुलक पनि छ ।’ नायक सुशील श्रेष्ठले चलचित्रमा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताए । उनले यो चलचित्रका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् ।

नव-नायिका रुबिना थापाको भने ‘लभ डायरिज’ डेब्यू चलचित्र हो । नायिका थापाले चलचित्रको बारेमा नसोचेको भएपनि काम गर्न पाउँदा रमाईलो महशुस गरेको बताइन् ।

‘लभ डायरिज’मा साहिल र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भइरहेको लभस्टोरी चलचित्रमा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu