सत्यराज किन खाए २५ हजारको पान ?



विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित चलचित्र ‘हैरान’को डबिङ सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ भएसँगै निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ । निर्देशक विष्टले यसअघि सौगातले ’लभ यु बाबा’ बाट चलचित्र निर्देशनमा डेब्यु गरेका थिए । उनका अनुसार, ‘हैरान’लाई कमेडी जनरामा तयार पारिएको छ ।

फिल्मका कलाकार तथा गायक सत्यराज आचार्यले ‘हैरान’ राम्रो बनाउन आफूले झन्डै २५ हजारको पान मात्र खाएको बताए । उनले भने, ‘मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हुँ र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु । मैले गरेका अभिनयमा आफैंलाई मन परेको एक क्यारेक्टर ‘हैरान’को पनि हो ।’ यस्तै, निर्माता तथा नायक गजित बिष्टले ‘हैरान’लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । नवराज उप्रेती र निरज कँडेलले चलचित्र खिचेका हुन् ।

चलचित्रमा सत्यसंगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu