यस्तो छ ‘शेरबहादुर’ टीजर (भिडियो)



माघ १९ गते रिलीज हुन लागिएको चलचित्र ‘शेरबहादुर’को टीजर रिलिज गरिएको छ । टीजरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायत फिचरिङ छन् । चलचित्र ‘शेरबहादुर’ अर्थात्, सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ ।

‘शेरबहादुर’को भूमिका सुनिल थापाले निर्वाह गरेका छन् । टीजरमा एक्सन, रोमान्स, ड्रामा लगायत समाबेश गरिएको छ । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । यो चलचित्रको करीब ८० प्रतिशत छायांकन एक भव्य सेट खडा गरेर खिचिएको हो ।

गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको चलचित्रमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu