कसलाई प्रेम प्रस्ताव राख्दै बले र कक्रोज ? (भिडियो)



हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको ‘बरीलै’ बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो ।

पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् । हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् ।

‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ ।

उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu