बडिगार्डसहित पोखरामा कुशल



यतिबेला नेपाली कलाकार आवश्यकताभन्दा पनि शोअपका लागि बडिगार्ड लिएर हिड्न थालेका छन् । नायक अनमोल केसीबाट सुरु भएको बडीगार्ड राख्ने प्रचलन प्रदीप खड्काले पनि फलो गरे । यसैबीच बडीगार्ड सहित प्रस्तुत हुने नायकमा थपिएका छन्, कुशल थापा ।

कुशल शुक्रबार पोखरामा भएको स्ट्रिट कन्सर्टमा ६ जना बडीगार्ड सहित प्रस्तुत भए । सुन्दर नगरी पोखराको सभागृह चोकमा भएको कन्सर्टमा एक हजार बढी दर्शकको सहभागीता रहेको थियो । नजिँकिदो क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गर्दै ‘ह्याप्पी न्यू ईयर’को प्रसार-प्रसारलाई व्यापक बनाउने उद्देश्यले पोखरामा निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो । साँझ आयोजना गरिएको कार्यक्रममा गायक बिनोद ढकालले थुप्रै दर्शकलाई गीत गाएर मनोरञ्जन दिलाए । फिल्मका कोरियोग्राफर समेत रहेका रोहन नेपालीले नृत्य प्रस्तुत गरे ।

समारोहलाई सम्बोधन गर्दै कुशलले त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘ह्याप्पी न्यू इयर’ मा आफूले लभर ब्वाईको भूमिका निर्वाह गरेको जानकारी गराए । दर्शक समक्ष प्रत्यक्ष साक्षात्कार गरेका उनले कुनै फण्डाको लागि बडीगार्ड नराखिएको स्पष्ट पारे । यसअघि निर्माण यूनिटले हेटौडा, नायरायणघट र बुटवलमा कन्सर्टको आयोजना गरेको थियो ।

यस्तै, पोखरामा भएको स्ट्रिट कन्सर्टमा डेभिड खड्काले ग्लास ब्रेकर डान्स गरे । झण्डै सय वटा ट्युवलाईट आफ्नो शरीरमा फुटाए । क्रिसमस डेको दिन निर्माण टोलीले राजधानीमा कन्सर्टको आयोजना गर्दैछ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यो चलचित्र यहि पौष १४ गते रिलिज हुँदैछ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu