बोर्डले नेपाली कलाकारलाई अभिनय सिकाउन भारत पठाउने



चलचित्र विकास बोर्डले नेपाली कलाकारलाई अभिनय सिक्न भारत पठाउने भएको छ । भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भारतको पुनेस्थित ‘भारतीय फिल्म तथा टेलिभिजन संस्थान’मा करीब २५ जना कलाकारलाई २० दिने अभिनय अभिनय सम्बन्धि प्रशिक्षण दिइन लागिएको हो ।

विकास बोर्डले जारी गरेको विज्ञप्ती अनुसार, भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ । साथै, बोर्डको इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

२०१८ जनवरी ३ सम्मलाई दरखास्तको लागि समय सिमा तोकिएको छ । २० दिने तालिम अंग्रेजी र हिन्दी भाषामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu