‘फिर्के’मा मेरो स्पेसल अपरेसन : ऋचा शर्मा



नायिका ऋचा शर्मा अभिनीत चलचित्र ‘फिर्के’ यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । प्रदर्शनको संघारमा चलचित्रको प्रचारमा देखिएकी नायिका शर्माले ‘फिर्के’मा आफू स्पेसल अपरेसनमा रहेको खुलाएकी छिन् । शनिवार पत्रकारसँग कुराकानी गर्दै उनले भनिन्, ‘फिर्के’मा मेरो सानो भूमिका छ । तर, कमजोर भने छैन ।’

उनी अगाडि भन्छिन्, ‘जुन चलचित्रमा मैले सानो भूमिकामा काम गरेको छु त्यसबाट म खुसी छु । सधै चलचित्रमा मुख्य भूमिकामा नै हुनुपर्छ भन्ने छैन । सानो भूमिका भएपनि सबैले सम्झने खाले भूमिका हुनुपर्छ । ‘फिर्के’मा मैले निर्वाहा गरेको भूमिकालाई दर्शकले मनपराउनु हुन्छ भन्नेमा ढुक्क छु ।’

‘फिर्के’ राम्रो बनेकोमा विश्वस्त देखिएकी ऋचाले पत्रकारसँग ‘छक्का पञ्जा’को विवाद र चलचित्रकी नायिका क्रिष्टिना पौडेलसँग भएको द्वन्द्वको विषयमा भने बोल्न चाहिनन् । ‘फिर्के’मा उनको जोडी नायक अर्पण थापासँग बाँधिएको छ । सुलेमान शंकर ‘ईकु’द्वारा निर्मित तथा अभिनीत यो चलचित्रलाई रवि डंगोल ‘बेमान’ले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu