एकै वर्ष कस्तुपले जिते ५ अवार्ड



लोकदोहोरी क्षेत्रमा एक दशकभन्दा लामो यात्रा गरिसकेका सर्जक तथा गायक कस्तुप पन्तले यस वर्ष मात्र ५ अवार्ड हात पारेका छन् । केहीदिन अगाडि राजधानीमा सम्पन्न ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’मा ‘जवानीको धक्का’बाट उत्कृष्ट लयको उपाधि चुमेसँगै पन्तका यो बर्ष मात्र पाँच अवार्ड उचालेका हुन् ।

यस्तै, उनले पन्तलेराप्ती म्युजिक अवार्डमा ‘जवानीमा धक्का’को भाकाबाट, म्युजिक खबर अवार्डमा ‘आँसु झरिरहे’बाट शब्द-रचना, ओ एस नेपाल म्युजिक अवार्ड ‘जवानीको धक्का’बाट शब्द-रचना साथै छायाँछबी तिज म्युजिक अवार्डमा ‘हे शिव भगवान’बाट शब्द-रचनाबाट उपाधि चुमेका हुन् ।

लामो समयदेखि संगीतमा निरन्तर क्रियाशील गायक पन्तले आफ्नो स्रोता दर्शकले देखाएको मायाप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu