माघ १२ बाट अलनेपाल रिलिज हुन् लागेको चलचित्र ‘ह्याप्पी डेज’ले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो प्रचारको गति बढाउँदै छ । चलचित्र चर्चित स्टारकास्टका कारण चर्चामा छ ।
निर्माण टिमले चलचित्रका केही पोष्टर रिलिज गरेको छ । सार्वजनिक पोष्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोष्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।
मिलन चाम्स निर्देशित चलचित्र नोभेम्बरमा बेलायत प्रिमियर भएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ ।