सञ्जिताले चुमिन मिस टिन कन्टेस्टको उपाधि



‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् । बुधबार बेलुका राजधानीमा जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ताज सहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर जितिन् ।

यस्तै ¥याम्प जोन इन्टरप्राईजेजद्धारा आयोजित सो प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।

सो प्रतियोगितामा अन्य उपाधि तर्फको प्रतिस्पर्धामा मस्ट व्युटिफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मस्ट चार्मिङ रिना लामा, बेस्टक्याटवाक पुजा आचार्य, भिवर्स च्वाई सुभेच्छा राई, मस्ट ट्यालेन्ट प्रविणा शाही घोषित भए ।

मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेश अलिसा स्याङतान, मस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माईल आस्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोईराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । यस्तै मोस्ट पपुलरको उपाधि दीपिका खड्काले पाईन् ।

किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् । कार्यक्रमको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवं निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu