‘अमेरिका ब्वाईज’को इन्डक्ल्याप



चलचित्र ‘अमेरिका ब्वाईज’को इन्डक्ल्याप गरिएको छ । निर्माण यूनिटले सुटिङ मै २ करोड खर्च भएको जनाएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो ।

फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।

निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि फिल्म रिलिज गराउने तयारी गरेको थियो । तर उक्त डेटबाट फिल्म केही समय पर सरेको छ । अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।

चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन् । यमूना खरेल र राज केसी चलचित्रका सह-निर्माता हुन् ।

फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ । कमेडी जनराको चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu