हलमा लागे ‘बटरफ्लाई’ र ‘मिस्टर झोले’



 

यस हप्ताको शुक्रवारबाट नेपाली हलहरुमा दुई चलचित्रले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र ‘बटरफ्लाई’ र ‘मिस्टर झोले’ले आज शुक्रवारबाट प्रदर्शन आरम्भ गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।

यस्तै, आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘बटरफ्लाई’मा अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी, माधव पण्डित लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको चलचित्रमा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले चलचित्र सम्पादनको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu