गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियो)



नेपाली चलचित्रकी कुशल अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक स्वर दिएकी छिन् ।

गायक प्रमोद खरेलले पनि उनलाई गायनमा साथ दिएका छन् । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।

विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरिग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu