दुवै मृगौला पीडित श्याम बहादुर मगरको सहयोगार्थ ‘हेल्प ह्याण्ड मेगा कन्सर्ट २०१८’ हुने भएको छ । माघ १ गते फूलबारी बौद्धस्थित महेन्द्र माध्यमिक विद्यालयमा हुन लागेको कन्सर्टमा देशका ख्याती प्राप्त कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिनेछन् ।
खड्का फिल्मस्को आयोजनामा हुन लागेको कार्यक्रममा गायक बाबु बोगटी, संगीतकार तथा गायक तारा प्रकाश लिम्बु, हास्यकलाकार निर्मल शर्मा, नायक, निर्देशक तथा निर्माता नवल खड्का, कलाकार तथा जादूगर महादेव त्रिपाठी, कलाकार सुलेमान शंकर ‘ईकु’ लगायतकाले आफ्नो प्रस्तुति दिनेछन् ।
चर्चित डान्स ग्रुप कार्टुन क्रुले पनि कन्सर्टमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । २ सय टिकट मूल्य तोकिएको कन्सर्टबाट संकलित रकम मृगौला पीडित श्याम बहादुर मगरलाई हस्तान्तरण गरिनेछ ।