जुनाको ‘तारा बाजी लै लै’ सार्वजनिक (भिडियो)



गायिका जुना प्रसाईको नयाँ गीत ‘तारा बाजी लै लै’ सार्वजनिक भएको छ । जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको गीतलाई युवराज वाईवाको निर्देशन गरेका हुन् ।

उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् ।

बचपनालाई झल्काउने ‘तारा बाजी लै लै’ हरेक ब्यक्तिको गाथा र कथा भएको र हरेकले भोग्ने समय र काललाई रमाइलो तरिकाले भिडियोमा उतारिएको छ । ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’की गायिका जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरि सयौँ गीतमा स्वर भरिसकेकी छिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu