बरिष्ठ संगीतकार बिजय सिंह मुनालको निधन



बरिष्ठ संगीतकार बिजय सिंह मुनालको निधन भएको छ । घुमघामको लागि धनगढी गएका उनि गए राती खाना खाएर सकुशल सुतेपनि बिहान मृत अवस्थामा फेला परेका थिए । अहिले उनको शवलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

उनको ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड भएका थिए । सयौं गीतहरुमा कङ्गो बादन गरेका उनले २०४४ सालमा गायिका तारा देवीको स्वरमा सजिएको ‘तिमी मेरी छोरी हौ’ बोलको गीतबाट आधुनिक बाद्यबादनको यात्रा सुभारम्भ गरेको थिए ।

उनी उदित नारायण झाका सबैभन्दा मिल्ने साथी समेत हुन् । उदित नारायण, मधु क्षेत्री र बिजयसिंह मुनालको सहयात्रा कुनैबेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण झालाई मुम्बईमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।

उनको पार्थिव शरीरलाई भोली बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu