‘भाइरल भैदियो…’ लाई करोड भ्यूअर्स



गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाइरल भैदियो…’ लाई युट्युबमा करोड पटक हेरिएको छ । यो समाचार तयार पर्दासम्म यसको भ्युज १ करोड ३ लाख १२ हजार बढी छ । रिलिज भएको साढे दुई महिनामै यो गीतले युट्युबमा करोड ‘भ्यूअर्स’ पाएको हो ।

गायक मानस राजले फेसबुकमा एक स्टाटस लेखेका छन्, ‘१ करोड भ्युजका लागि धन्यवाद । यो हाम्रो लागि एक करोड माया, समर्थन र प्रेरणा हो।’ भिडियोमा युट्युबर सबिन कार्की ‘बिस्ट’ को फिचरिङ एवंम् निर्देशन रहेको छ।

भिडियोमा सबिनसँगै अन्य कलाकार दीक्षा ठकुरी, मेरी खत्री, सब्रिना गुरुङ, सुभम भुजेल लगायतको पनि नृत्य देख्न सकिन्छ । सञ्जय कार्कीले खिचेको भिडियो सम्पादन ‘बिस्ट’ स्वयंमले गरेका हुन् । त्यस्तै, यस गीतका एरेन्जर उदय राज पौडेल हुन्।

गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ‘पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ‘रेशम फिलिली’ को गीत निकै चर्चित बनेको थियो।

भिडियो –

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu