कालिञ्चोकको हिउँमा पवित्राको ठुम्का (फोटोफिचर)



निर्देशक बसन्त निरौलाले कालिञ्चोक पुगेर हिउँका दृश्यमा एक म्यूजिक भिडियो खिचेका छन् । भिडियोमा अभिनेत्री पवित्रा आचार्यले ठुम्का लगाएकी छिन् ।

“हिउँ जस्तै सफा मन, हिउँको जस्तै कोमल तन” बोलको गीतलाई हिउँ परेकै समय पारेर कालिञ्चोकमा खिचिएको निर्देशक निरौलाले जानकारी दिए । नव-गायिका पारुको यो गीत एल्बम ‘मनको आवेग’ मा समावेश छ ।

देव पुनः को शब्द संगीत रहेको गीतको भिडियोमा कोरियोग्राफी पवित्रा स्वयंले गरेकी छिन् । दिव्य सुवेदीको छायांकन रहेको भिडियोका निर्माता बिरेन्द्र रंजित हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu