आयुषको दिलमा अनु (भिडियो)



युवा गायक रुद्र शेखर शर्माको पहिलो एल्बम ‘रुपम’ मा समावेश गरिएको पहिलो गीत ‘दुख्दिन म…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विपिन किरणका कर्णप्रीय शब्दहरुको उक्त गीतलाई नारायण सुवेदी आभासले संगीतबद्ध गरेका छन् ।

सुगम संगीतमा आधारित आधुनिक शैलीको उक्त गीतमा संगीतकर्मी किरण कँडेलको संगीत संयोजन छ । गायक रुद्र शेखर शर्मा तथा किरण क्रिएसनको प्रस्तुतीमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि निर्देशक भण्डारीद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो । रोमान्टिक शैली प्रदान गरिएको भिडियोमा चलचित्रका अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले अभिनय गरेका छन् ।

भिडियो :-

अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो । निशाल घिमिरे उक्त म्युजिक भिडियोका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu