सागर आलेको भ्यालेन्टाइन गीत रिलीज (भिडियो)



काठमाण्डौ। सुप्रसिद्द नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ ।

प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu