निर्देशक शिव रेग्मीको स्वास्थ्य अवस्था चिन्ताजनक



shiva-regmiबैकुण्ठराज पराजुली, काठमाण्डौ। दुवै मृगौला खराब भई विगत लामो समय देखी उपचारका क्रममा अस्पतालमा रहेका बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको स्वास्थ्य अवस्था झनै चिन्ताजनक बनेको छ । निर्देशक रेग्मीको अवस्था शनिवार दिउँसोदेखी अचानक बिग्रिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

केहि समयसम्म स्थिर रहेको उनको स्वास्थ्य अवस्थामा अचानक समस्या देखिए पछी केहि दिन पहिले गृह जिल्ला चितवनबाट काठमाडौं ल्याईएको थियो । उनको अहिले राजधानीको बल्खु स्थित बयोधा अस्पतालमा ‘भेन्टिलेटर’मा राखी उपचार भईरहेको छ । निर्देशक रेग्मीको स्वास्थ्यमा अचानक समस्या आएको भन्ने खवर बाहिर आए पछी शनिवार दिनभर जसो बयोधा अस्पतालमा परिसर मा चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरुको भिड लागेको थियो ।

निर्देशक रेग्मीले ‘प्रेम पूजा’नामक चलचित्रबाट चलचित्र क्षेत्रमा हात हालेका थिए । ‘आफन्त’ नामक नेपाली चलचित्र निर्देशक रेग्मीको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र हो । नेपलि चलचित्र निर्देशकहरुको भिडमा आँफुलाई एक सफल चलचित्र निर्शकको भुमिकामा उभ्याएका निर्देशक रेग्मिको निर्देशकमा तयार भएका अब मात्र दुई चलचित्र ‘पराई’, ‘मनले मनलाई छुन्छ’ प्रदर्शन हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu