सत्य घटनामा आधारित ‘लाएको माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ । एउटा समाजको यथार्थ चित्रण गरिएको गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ ।
गायक हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो । गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक अधिकारीको गज्जबको अभिनय छ ।
पोखराको रमणीय स्थानहरुमा विदुर पाण्डेले छायांकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । महादीप श्रेष्ठको निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् ।
एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतको भिडियोलाई लाईमलाइट इन्टरटेनमेन्टले उत्पादन गरेको हो ।
भिडियो :-