पुष्पलको ‘बेबी’ श्रृष्टी (भिडियो)



भिडियो सम्पादनमा चर्चामा रहेका नीशान घिमिरेले ‘ओ बेबी’ बोलको गीतको भिडियो निर्देशन गरेका छन् । कुन्दन पाठकको आवाजमा समावेश रहेको यो गीतलाई प्रेम दिवस लक्षित गर्दै सार्वजनिक गरिएको छ ।

गीतमा, कञ्चन पाठक र मदन भण्डारीको शब्द, कञ्चन पाठककै संगीत छ । यो भिडियोमा दर्शकले मोडल पुष्पल खड्का र श्रृष्टीलाई प्रेमको रंगमा भिजेको देख्न सक्छन् ।

पुष्पलले श्रृष्टीलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजिरहेको भिडियोमा देखाइएको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् ।

निर्देशक घिमिरेले प्रेम दिवस नजिकिदै गर्दा श्रोता तथा दर्शकले यो गीतमा प्रेमको भाषा भेट्ने बताए । उनले, प्रेम गर्ने जोडीले भिडियोमा आफूलाई पाउने समेत दाबी गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu