गीतकार रोजीको एल्बम र पुस्तक बिमोचन



राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम बिमोचन गरिएको छ ।

वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आतिथ्यता र गीतकार उन्नती बोहरा ‘शिला’ को विशिष्ट आतिथ्यतामा एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’ को एकसाथ बिमोचन गरिएको हो । बिमोचन समारोहमा संगीतकार तारा प्रकाश लिम्बु र गायक बिक्रम राईको पनि उपस्थिति रहेको थियो ।

एल्बम रोजाईमा ७ गीत समावेश छन् । माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन् । यसमा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेशपायल राईको स्वर रहेको छ ।

यसमा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु, महेश खड्काको संगीत रहेको छ ।

यसैगरि एल्बम ‘समन्वय’ मा ८ गीत समावेश छन् । यसमा तिमीलाई माया, तिम्रो माया, अलिकति माया, कोही जिउँदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन् ।

कार्यक्रममा ‘अन्जान थिएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यसमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ ।

यसमा राजिव समरको नृत्य निर्देशन, मिलन शंकरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । युकेमा बस्दै आएकी गीतकार रोजीले एल्बम तथा पुस्तक विमोचनकै लागि नेपाल आइपुगेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu