सुजनलाई मन पर्‍यो एलिशा (भिडियो)



भ्यालेनटाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ‘कसम मन पर्‍यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसँगै एलिशा राई पनि देखिएकी छिन ।

गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम ‘कालजयी -२’ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायांकन गरेका हुन् ।

सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu