आँचललाई पाउँ भन्दै अनसन बसे पल (भिडियो)



काठमाण्डौ। सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् ।

यो कथा गायक शिव परियारको हालै सार्वजनिक गीतको हो । ‘हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।\

‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu