गायक विकाश बैद्यको आवाजमा रहेको ‘कस्तो सम्बन्ध’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसको अवसरमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो :-
गीतमा गायक बैद्यको शब्द तथा संगीत रहेको छ । भिडियोलार्इ राहुल प्रधानले निर्देशन गरेका हुन् । चक्र महर्जनले छायांकन गरेको भिडियोलार्इ विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।
भिडियोमा विकाश बैद्य र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।